शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

राजधानीको केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई सोधियो स्ष्टीकरण

सुनकोशी न्युज

२०७८ बैशाख २२ गते बुधवार

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले राजधानीको केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई स्ष्टीकरण सोधेका छन् ।

कोभिडका बिरामीसँग सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि उनीहरुलाई स्ष्टीकरण सोधिएको हो ।

दुवै अस्पतालले कोभिड बिरामीसँग बेडको निकै धेरै रकम उठाउने गरेको सूचना सामाजिक सञ्जालमा फैलिएपछि काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८