समाचार हेडलाईन न्युज

नेपालमा थप ८ हजार ६ सय ५९ जनामा कोरोना: ५८ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख २२ गते बुधवार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट देशभर ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ८ हजार ६ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८