शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

माहामारीको सामना गर्न माओवादी केन्द्र काठमाडौंले बनायो विभिन्न संयन्त्र

सुनकाेशी न्युज,

२०७८ साल वैशाख २१ गते मंगलबार

काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटि सचिवालयको बैठक सम्पन्न भएको छ। बैठक भर्चुअल विधिबाट भएको हाे।

स्थायी समिति सदस्य जनार्दन शर्माको अतिथ्यतामा भएको बैठले काेराेना माहामारीमा अाईपर्ने समस्यासँग कसरी जुध्ने भन्ने छलफल र निर्णय गरेको छ।

जिल्लामा अध्यक्षकाे संयाेजकत्वमा कार्यालय सदस्यहरू रहेको सचिवालय बनाएको छ। जसको माताहतमा अस्पतालमा अाईपर्ने समस्या समाधानका लागि जिल्ला सदस्य भिमा गाैतमकाे नेतृत्वमा कमिटि बनाएको छ।

त्यस्तै प्रहरीसँग समन्वय गर्न प्रदेश कमिटिका सदस्यहरूलाई ताेकिएकाे छ। बैठकले अक्सिजन अभाव हुन नदिन विभिन्न पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ। जिल्ला सदस्य रणबहादुर गुरुङ र शिव शर्माको नेतृत्वमा स्वयंसेवक टाेली परिचालन गर्ने ताेकिएकाे छ।

एम्बुलेन्स व्यवस्थापन गर्ने टिम पनि बनाईएकाे छ। रामेश्वर केसीलाई त्यसको जिम्मेवारी ताेकिएकाे छ। हरेक नगर पालिकामा उद्धार कमिटी बनाउने भनिएको छ। महानगरमा कमान्ड बनाएर काम गरिने छ। बैठकले अन्य दलहरू, स्थानीय सरकार र समाजका अग्रजहरूसँगकाे सहकार्यमा उद्धार तथा राहतको काम गर्ने निर्णय गरेको अध्यक्ष हिमाल शर्माले बताउनुभयो ।

लकडाउनका बेला दैनिक काम गरेर जिविकाेपार्जन गर्नेहरू पहिचान गरि राहतको व्यवस्था गर्ने जिल्ला ईन्चार्ज कमार पाैडेलले बताउनुभएको । पार्टी कार्यकर्ता र नेताले वडामा गएर काम गर्न र वडालाई विकासमा नमूना बनाउन सक्नुपर्ने भन्दै सबैलाई निर्देशन गर्नुभयो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २१, २०७८