समाचार हेडलाईन न्युज

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, एमालेका ४ सांसदले गरे शाहीलाई मतदान

सुनकोशी न्युज
२०७८ साल वैशाख ३ गते शुक्रबार
काठमाडौं । कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश संसदमा विश्वासको मत पाएका छन् । शुक्रबार संसदमा भएको मतदानमा उनले बहुमत सांसदको विशवासको मत पाएका हुन् ।

एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका छन् । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

यो घटनाले ओली सरको समेत दिनगन्ती सुरु भएको बताउन थालिएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ३, २०७८