समाचार हेडलाईन न्युज

भ्यालेन्टाइन डे मा सम्भावित महिला हिंसाबाट कसरी बच्ने ??

सुनकोशी न्युज
२०७७ फाल्गुण २ गते
काठमाण्डौं । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । प्रेमको प्रतिकको रुपमा भ्यालेन्टाइनलाई सम्झना गरेर मनाइने दिन भएकाले संसारभरि युवायुवतीबीच यो लोकप्रिय छ । खासगरी टिन एजका किशोर किशोरीमाझ यो बढी लोकप्रिय छ । यसका राम्रा–नराम्रा दुबै पक्ष छन् ।

भ्यालेन्टाइन डे मनाउने भन्दै बच्चाहरु घरबाहिर जाने, साथीकोमा जाने गर्दछन् । रमाइलो गर्ने नाममा नसालु पदार्थ समेत सेवन गर्ने सम्भावना रहन्छ । रमाइलो गर्नेसम्म त ठिकै हुन्छ तर आजको दिन छोराहरुको लागि भन्दा छोरीहरुको लागि बढी संवेदनशील बन्ने गर्दछ । भ्यालेन्टाइन डे मनाउन आफ्नो ब्वाइफ्रेन्डसँग जाने छोरीहरु कति सुरक्षित छन् भनेर अविभावकले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

होली, भ्यालेन्टाइनडे जस्ता पर्वहरुमा बढी महिला हिंसा हुने गरेका छन् । कतिपय घटना बाहिर आउछन्, तर धेरै घटनाहरु सामाजिक लोकलाजका कारण भित्रै दबाइन्छन् । बाहिर ल्याउन नसकेर त्यो एउटा साकाजिक रोगको रुपमा डसिरहेको हुन्छ । कतिपय आत्महत्याका घटनाको कारक पनि यस्तै पर्वहरु बन्ने गरेका छन् ।

केटाहरुको त मुखैमा झुण्डीएको हुन्छ, भ्यालेन्टाइन डे भनेको गर्लफ्रेण्डसँग मनलाग्दी गर्न पाउने दिन । कतिपयको स्वच्छ विचारले स्वस्थ्य प्रेम आदान प्रदान पनि होला । तर अधिकांश युवाहरु युवतिमाथि हावी हुने दिनको रुपमा यसलाई लिने भएकाले यो दिनमा छोरीहरु असुरक्षित हुने गरेका छन् । खासगरी कलिला उमेरका युवतीहरु यसमा सिकार हुने गर्दछन् ।

समाजलाई यस्ता खाले अपराधबाट मुक्त हुन, युवा–युवतीलाई यस्ता गल्ती गर्नबाट रोक्न, छोरी बचाउन, छोरीलाई समाजमा सुरक्षाको मनोविज्ञान विकास गर्न, सुरक्षा सहितको स्वतन्त्रता स्थापित गरेर मायाप्रेमको सक्कली परिभाषामा युवायुवतीलाई रमाउने संस्कारको विकास गर्न सबैभन्दा पहिला अविभावक र त्यष्सपछि स्वयम युवा–युवती सचेत हुन आवश्यक छ । यस्ता पर्वहरु मनाउदा सँगै आउने बिकृतिबाट बच्न सचेत रहनुपर्ने छ ।

ह्याप्पी भ्यालेन्टाइन डे सबैमा ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २, २०७७

 

 

ताजा अपडेट