समाचार

प्रतिनिधिसभा सांसद पम्फा भुषालको निजी निवासमा काम गरेका पूर्व जनमुक्ति सेना जीवनको भीक माग्दै अस्पतालमा

पूर्व जनमुक्ति सेना सिन्धुलीका बुद्ध थामी अहिले अस्पतालको बेडमा जीवन र मरणको दोषाधमा छटपटाईरहेका छन् । उनी वि.सं. २०५५ साल देखि जनयुद्धमा होमिएका थिए । जुन बेला उनकी श्रीमती इन्द्र कुमारी थामी तीन महिनाको सुत्केरी अवस्थामा थिइन् । उनकी श्रीमती इन्द्र कुमारी थामी त्यो बेला देखि नै मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी हुन् । निकै लामो समय देखि पिडादायिक र सघंर्षमय जीवन आएका यो परिवारमा अहिले झनै ठूलो बज्रपात आईपरेको छ ।

समाज र देश परिवर्तनको अथाहा सपना बोकेर हिँडेका बुद्ध थामीले जनयुद्धताका सेक्सन सह कमान्डरको जिम्मेवारी सम्हालेका थिए । पछि उनले ललितपुरस्थित पम्फा भुषालको निजी निवासमा रहेर पनि सहयोगीको रुपमा केहि वर्ष काम पनि गरे । तर, अहिले उनको गुनासो सुनिदिने कोही छैन । अहिले हप्ताको दुई तीन चोटी डाईलाइसिस गराउनुपर्छ, औषधिमूलो गर्नुपर्छ, काठमाडौंमा बस्ने, खाने उपचार गर्ने पैसा छैन, उनको श्रीमती इन्द्र कुमारी थामीले बताए ।

उनीहरु सिन्धुली मै बस्दै आएका थीए । अहिले अस्थायी रुपमा काठमाडौंमा बस्न एकदमै गाह्रो भईरहेको उनीहरुले बताए । यसअवधिमा सहयोग रकम जुटाउदै लागेका खर्च बेहोरेका छौं, उनकी श्रीमती बताउँछिन् । डाक्टरले औषधि लेखिदिनुहुन्छ, मेडिकल किन्न जाँदा पैसा नपुगेर त्यत्तिकै रित्तो हात फर्किने पनि गरेकी छु, श्रीमान हिँड्न सक्नुहुन्न, ट्याक्सी पनि महंगो छ, यो अवस्थामा पनि काठमाडौंमा न त कोहि कुरुवा छ, न त कोही सहयोगी नै दिनरात म आफैं खटिराछु, उहाँसँगै डाईलाईसिस गराईरहेका ३,४ जनाको छ मृत्यु नै भइसक्यो । यस्तो रोग लागेपछि कतिखेर के हुने हो, थाहा नहुने रैछ, इन्द्र कुमारी दुःख पोख्छिन् ।

श्रीमान बिरामी छ भनेपछि, काठमाडौंमा घरबेटीहरुले कोठा पनि दिनु हुन्न रैछ, अप्ठ्यारो मान्ने रैछ । छोराछोरी गाउँमा मजदुरी गरेर खाइरहेका छन् । छोराछोरीलाई पनि के खाने, के लाउने भइरहेको छ । साह्रै मन पोलिरहेको छ । उनि फेरी सुनाउँछिन् ।

पहिले जनयुद्धमा लागेर व्यर्थ समय खेर फालेछु, त्यति बेला भविष्यको लागि सोचिए । अहिले पछुताउनु परेको छ । छोराछोरी सानो सानो नभए त उपचार गर्दिनथे । तर, छोराछोरीका लागी भए नि बाँच्न चाहन्छु । पैसा कमाउ भनेर दुई पटक विदेश पनि गए, तर ठगिए । भने जस्तो काम र दाम पाईन । बरु यहाँको भन्दा धेरै हण्डर पाइयो तर पैसा कमाउन सकिन । तर, नेपालमा केही नभएपछि विदेश जाउँ भनेको मेडिकल चेक गराउँदा अचानक दुवै मृगौला फेल भएको रिर्पोट आउँदा छानाबाट खसे झैं भए । – बुद्ध थामीले बताए ।

अहिले उनिहरुलाई काठमाडौंमा गाँस, बास कै समस्याले चेप्दै लगेको छ । बुद्धको आगामी उपचारका लागि उनीहरुसँग पैसा छैन । ९८०४८०५७६९ मा सम्पर्क गरेर सहयोग गर्न उनिहरुले अपिल गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६