समाचार हेडलाईन न्युज

सचिवालय बैठक सकियो, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लगिने

सुनकोशी न्युज
२०७७ मंसिर २० गते शनिबार
काठमाडौं । तीनघण्टादेखि बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । श्रेष्ठका अनुसार आजको सचिवालय बैठकले पूर्वनिर्धारित मंसिर २१ गते १ बजे पार्टीको केन्द्रिय कार्यालयमा स्थायी कमिटीको बैठक बसेर पार्टीभित्रको संकट समाधानका विषयमा छलफल हुने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७