समाचार हेडलाईन न्युज

काठमाडौं र भक्तपुरका सिडिओ सरुवा भए

सुनकोशी न्युज
२०७७ मंसिर ७ गते आइतबार
काठमाण्डौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । काठमाडौंमा नयाँ प्रजिअ काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् ।

काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए ।

काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७७