मुख्य समाचार समाचार

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त

सुनकोशीन्यूज
२०७७ कार्तिक २४ गते सोमबार

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई अहिले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेपनि केही समय पछि भने उनलाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिरकणमा कार्यकारी निर्देशक पद खाली थियो । घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो ।
मन्त्रालयले शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७७