विदेश हेडलाईन न्युज

अमेरिकी राष्ट्रपतीय निर्वाचनः २२४ इलेक्टोरल मतकासाथ बाइडनको अग्रता

एजेन्सी – मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त नजिता अनुसार डेमोक्रेटिक पार्टीका उम्मेद्वा जो वाइडनले २२४ इलेक्टोर मतकासाथ अग्रता कायम गरेका छन ।

त्यस्तै रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१२ इलेक्टोरल मत प्राप्त गरिसकेका छन्।

बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब मात्र ४६ इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ।

बाइडनले यसैगरी अग्रता कायमै राखे उनी ६९औं अमेरिकी राष्ट्रपति हुने निश्चित देखिएको छ।

प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०७७