चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन्। उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए। उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उहाँ न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ। सौराहा अनलाईनले समाचरमा प्रकाशित गरेको फोटोलाई आधार मान्ने हो भन्े कुरा सहजै बुभ्mन सकिन्छ हत्या हो या आत्म हत्या ?
हत्या हो या आत्महत्या ?
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उत्कृष्ट कृषक तथा शेयर सदस्य सम्मानित
- शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ
- ५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो
- ‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित
- लुम्बिनी सरकारमा ठूलो फेरबदलः एमालेका ४ मन्त्री बाहिरिए, नयाँ अनुहार भित्रिने
- मन्त्रिपरिषद् बैठक : अध्ययन समितिको म्याद थपदेखि एआईजी बढुवासम्मका निर्णय
- सुधन गुरुङ प्रकरण : छानबिन समितिलाई थप पाँच दिनको समय
- नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने
- हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल
- आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो















Add Comment