चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन्। उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए। उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उहाँ न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ। सौराहा अनलाईनले समाचरमा प्रकाशित गरेको फोटोलाई आधार मान्ने हो भन्े कुरा सहजै बुभ्mन सकिन्छ हत्या हो या आत्म हत्या ?
हत्या हो या आत्महत्या ?

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- टर्कीमा ७.९ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प
- गैरसांसद रबिले पुनः गृहमन्त्री नपाउँदा गरे आफ्ना तीनैजना मन्त्री फिर्ता, मिडियासँग आक्राेशित
- सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड
- नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड
- जनयुद्धमा ज्यान गुमाउनेलाई शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न र बेपत्ताको स्थिति सार्वजनिक गर्न सांसद उर्मिलाको माग
- प्रेस सेन्टरले १९ औं स्थापना दिवस मनाउँदै, यस्तो छ प्रेस सेन्टरको इतिहास
- सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड
- प्रधानमन्त्री र डा. सन्दूकबीच भेट : तिलगङ्गालाई मानित विश्वविद्यालय बनाउने प्रतिवद्धता
- बालमन्दिरको २८ राेपनी जग्गा यसरी पुग्यो विशाल ग्रुपको कब्जामा
- बालबालिकाको प्राेटिनमाथिकाे अधिकार स्थापना गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
Add Comment