समाचार हेडलाईन न्युज

जनकपुरमा आज नयाँ रेल आउदै

सुनकोशी न्युज
२०७७ असोज २ गते
काठमाण्डौं । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल आज दिउसो जनकपुर आइपुग्ने भएको छ ।

भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।

२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २, २०७७