अन्तर्वार्ता/विचार हेडलाईन न्युज

अध्यक्ष प्रचण्डले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ : रिजाल

सुनकोशी न्युज, २०७७ जेष्ठ ३२ गते आइतबार,

काठमाण्डौं । नेकपा विदेश विभागका सहसंयोजक तथा नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष प्रचण्डले नेपालको भूमिबारे बोलेको कुराको आधार रहेको बताएका छन् । उनले भनेको छन् ‘हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा बोल्दा ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ ।’
रिजालले यसका आधारहरु निम्न रहेको औल्याएका छन् ः

१) हालसम्म प्राप्त विवरणहरु अनुसार नेपाली भूमि कालापानीमा भारतीय सेना सन् १९६२ मा बसेको हो, जतिबेला सैनिक ‘कु’ मार्फत प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले सक्रिय शासन आरम्भ गरेका थिए । तथ्य–प्रमाण नपाइए पनि त्यतिबेलाका हर्ताकर्ता (विश्वबन्धु थापालगायत) ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले केही समयका लागि बस्न राजा महेन्द्रसँग अनुमति मागेको उल्लेख गरेका छन् । सन् १९६९ मा नेपालको उत्तरी सीमामा रहेका भारतका १७ वटा सैनिक चेक पोस्ट हटाउँदा पनि कालापानीबाट भारतीय सेना फिर्ता नपठाइएको यथार्थ हो, कुनै आरोप होइन ।

२) वीरेन्द्र राजा भएका बेला सन् १९७५ ९२०३२० मा नेपालले पहिलो पटक आफ्नो नक्सा आफैँ जारी गर्दा लिम्पियाधुरा राखिएन, जसका कारण त्यसमाथिको हाम्रो अधिकार छाडेको रुपमा भारतले बुझ्यो र निर्वाध ढंगले हाम्रो भूमि उपभोग गरेको यथार्थ हो, कुनै राजालाई आरोप लगाएको होइन ।
यी माथिको दुई तथ्यका आधारमा अध्यक्ष प्रचण्डले संसद्मा बोल्दा आपत्ति जनाउनुपर्ने कारण के छ र ? हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा बोल्दा ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ ।

१) हालसम्म प्राप्त विवरणहरु अनुसार नेपाली भूमि कालापानीमा भारतीय सेना सन् १९६२ मा बसेको हो, जतिबेला सैनिक ‘कु’ मार्फत प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले सक्रिय शासन आरम्भ गरेका थिए । तथ्य–प्रमाण नपाइए पनि त्यतिबेलाका हर्ताकर्ता ९विश्वबन्धु थापालगायत० ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले केही समयका लागि बस्न राजा महेन्द्रसँग अनुमति मागेको उल्लेख गरेका छन् । सन् १९६९ मा नेपालको उत्तरी सीमामा रहेका भारतका १७ वटा सैनिक चेक पोस्ट हटाउँदा पनि कालापानीबाट भारतीय सेना फिर्ता नपठाइएको यथार्थ हो, कुनै आरोप होइन ।

२) वीरेन्द्र राजा भएका बेला सन् १९७५ (२०३२) मा नेपालले पहिलो पटक आफ्नो नक्सा आफैँ जारी गर्दा लिम्पियाधुरा राखिएन, जसका कारण त्यसमाथिको हाम्रो अधिकार छाडेको रुपमा भारतले बुझ्यो र निर्वाध ढंगले हाम्रो भूमि उपभोग गरेको यथार्थ हो, कुनै राजालाई आरोप लगाएको होइन ।
यी माथिको दुई तथ्यका आधारमा अध्यक्ष प्रचण्डले संसद्मा बोल्दा आपत्ति जनाउनुपर्ने कारण के छ र ?

प्रकाशित मिति: आइतवार, जेष्ठ ३२, २०७७