समाचार

आश्रितको गोजीको १३ सय रुपैयाँ सङ्ग्रहालयमा

cfl>tsf] uf]hLaf6 lgsflnPsf gf]6 ?kGb]xL, !* ;fpg -/f;;_M lj;+ @)%) h]7 # ut] lrtjgsf] bf;9'ªufdf b'3{6gf eO{ Hofg u'dfPsf nf]slk|o g]tf hLj/fh cfl>tsf] uf]hLaf6 lgsflnPsf gf]6 . oL gf]6 a'6jnl:yt hLj/fh cfl>t :d[lt ;ªu|xfnodf /flvPsf 5g . t:jL/ M lg/f uf}td
साउन १८, २०७६

काठमाडौं–सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका रु एक हजार ३०० मा सबैको ध्यान तानिन्छ । रुपैयाँका अगाडि टक्क उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कम्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा सबैलाई कौतुहलता जाग्छ ।

त्यसरी सिसाभित्र राखिएका एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट २६ वर्ष अगाडि चितवनको दासढुङ्गामा दुर्घटना भई ज्यान गुमाएका नेता जीवराज आश्रितको गोजीबाट निकालिएको थियो । आश्रितको मृत्युपछि उनले लगाएको कपडामा भेटिएका ती नोट अहिले बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठानले स्थापना गरेको जीवराज आश्रित स्मृति सङ्ग्रहालयमा राखिएको छ ।

‘आश्रितले प्रयोग गरेका नोटमात्र होइन उहाँले प्रयोग गरेका रेडियो, कपडा, पुस्तकलगायतका सामग्री देख्दा उहाँलाई नजिकैबाट चिन्नेको मन भक्कानिन्छ’, पूर्व सांसद तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले भने,’ ‘सङ्ग्रहालय अवलोकन गर्न आउनेलाई आश्रितको जीवनी र उनले प्रयोग गरेका सामग्री पहिचान गराउँदा कैयांै व्यक्तिका आँखा रसाउँछन, आश्रितलाई नजिकबाट चिन्नेहरु सङ्ग्रहालयमा पुगेर टोलाउँछन र श्रद्धाका आँशु झारेर फर्किन्छन ।’

नेपाली इतिहासकै र रहस्मय घटनाका साक्षी बनेका रुपैँया र अन्य सामग्रीले आश्रितको दुर्घटना भएको दिनको स्मरण गराउँछ । ‘यहाँ आउँदा शुरु शुरुमा धेरै रोएँ, दाजु आश्रित यहीँ बसे जस्तो लाग्थ्यो, तर जीवराज आश्रित स्मृति प्रतिष्ठानका कारण दाजु अमर हुनुभएको छ भन्ने ठानेर अचेल खुशी हुन्छु’, आश्रितकी माइली बहिनी सुशीला न्यौपानेले भनिन ।
आश्रित कुशल सङ्गठक मात्र नभएर सानैदेखि जातीय विभेद् र असमानताको विरोध गर्दथे । उनले घरबाटै त्यसको परिवर्तनको शुरुवात गरी आफूले जनजातीसँग विवाह गरे भने बहिनीको समेत जनजातीमै विवाह गराएका थिए । पार्टीमा समेत समान सहभागिता र समावेशीकरणको मुद्दा जोडतोडले उठाउने गरेका आश्रितलाई नजिकबाट चिन्नेको भनाइ छ ।
‘उहाँले बाँचुञ्जेल महिलालाई राजनीतिमा आउन प्रेरणा दिनुभयो, महिला अगाडि नबढेसम्म देश अगाडि बढ्दैन भन्नुहुन्थ्यो’, आश्रितसँगै राजनीतिकयात्रा अगाडि बढाएकी हीरामाया थापाले भन्नुभयो, ‘महिला राजनीतिमा आउनुमा उहाँको ठूलो देन छ, उहाँको देनको भावि पुस्ताले समेत कदर गर्नुपर्छ ।’ विसं २०४९ चैतमा आश्रितले थापाकै घरमा पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घलाई प्रशिक्षण दिएका थिए ।

‘उहाँको प्रशिक्षणले महिलालाई उत्साहित बनाएको थियो तर त्यो उत्साह जगाउने व्यक्ति नै नरहेपछि हामी केही समय निराश भयौ,’ उनले भनिन । बुटवल उपमहानगरपालिका–७ श्रवणपथमा स्थापना गरिएको सङ्ग्रहालयमा आश्रितले प्रयोग गरेका सामग्रीका साथै पर्यटकीय क्षेत्रको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, आंैजार तथा उपकरण राखिएका प्रतिष्ठानका महासचिव कल्पना थापाले बताइन ।

सङ्ग्रहालयलाई अझै व्यवस्थित गर्न बाँकी रहेको उनको भनाइ छ । सङ्ग्रहालयमा नेपाली समाजको प्रतिनिधत्व हुनेगरी विभिन्न जातजाती र सम्पदाका वेषभूषा समावेश गरिएको छ । सङ्ग्रहालय प्रवेशका लागि रु ५० र ज्येष्ठ नागरिक, विद्यार्थि र फरक क्षमता भएका नागरिकलाई रु २५ शुल्क लिने व्यवस्था गरिएको छ ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानको सचिवालय भवनमा स्थापना गरिएको सङ्ग्रहालयको गतवर्ष फागुन २५ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । सर्वसाधारणका लागि भने आश्रितको जन्मजयन्तीको अवसर पारेर आजदेखि खुल्ला गरिएको छ । आश्रितले नेपाली राजनीतिका आन्दोलन सफल बनाउन खेलेको भूमिका र पुर्‍याएको योगदानको स्पष्ट झल्को दिनेगरी सङ्ग्रहालय लाई अझै व्यवस्थित र स्तरोन्नति गदै लैजाने प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले बताए ।
जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौं भन्ने मूलमान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा विसं २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो । विसं २००१ साउन १८ गते आजका दिन गुल्मी जिल्लाको हरेवामा जन्मिएका आश्रित विद्यार्र्थी कालबाट राजनीतिमा सक्रिय भएका थिए । उनले वि.सं. २०२१ मा कम्युनिष्ट पार्र्टीको सदस्यता लिएका थिए । आश्रितले वि.सं. २०२६ देखि २०२८ सम्म जेल जीवन बिताएका थिए ।

तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको पार्टी निर्माणकै क्रममा चितवन जाँदै गर्दा विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । उहाँसँगै मालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको पनि निधन भएको थियो । निरा गौतम/रासस

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६