मनोरञ्जन मुख्य समाचार

गीतकार रत्नशमशेर थापाको निधन

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७