कृषि रोचक हेडलाईन न्युज

फट्याङ्ग्रा जस्तै देखिने सलह किराबाट हुन सक्ने आतंक र जोखिम

प्रवेश देवकोटा

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,

सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ अन्तर्गत नै पर्दछ । यो किरा सामान्य फट्याङ्ग्राभन्दा ठूलो र पछाडिको खुट्टा फट्याङ्ग्राभन्दा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रने क्षमता पनि निकै बढी हुने गर्दछ । सलह किराहरु ठुला झुण्डहरुमा यात्रागर्दछन् । सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोड जति सलह हुन्छन् । सलहहरु हावाको गतिमा निर्भर गर्दै एक दिनमा करिब १५० किलोमिटरसम्म यात्रा गर्ने क्षमता राख्दछन् । यी किराहरु दिनको समयमा उड्छन् र सबै प्रकारको बोटबिरुवा र बालिहरुमा क्षति पुर्याउने सामर्थ्य राख्दछन् । यिनिहरुले फल, फुल, पात, बीउ, बोक्रा र बढ्दो स्थानहरु नष्टगर्न सक्दछन् । ठाउँ र समयसंगै यी किराहरु आफ्नो रङ्ग र रुप पनि परिवर्तन गरेको पाइन्छ । विज्ञहरु भन्छन् ‘मरुभूमि सलहको सानो झुण्डले पनि एकै दिनमा १० हात्तीवा २५ ऊँट वा २५०० मानिसले खानेजति खाना खान सक्छन्’ ।

सलहको सुरुवात :
सन् २०१९ को सुरुवातताका केन्या तथा अफ्रिकीमुलुकमा देखापरेको सलह जुनसम्म पाकिस्तानको पुर्वी भागमा देखा पर्न थालेको थियो । त्यस्तै, सलह अहिले भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, गुजरात तथा उत्तर प्रदेशमा देखा परिसकेको छ ।

हामी किन डराउने?
भारतको उत्तर प्रदेशका ३३ जिल्लामध्ये १७ जिल्लामा सलहको आक्रमण देखा परिसकेको स्थितिमा हाम्रो देश नेपाल उत्तर प्रदेशको सबैभन्दा नजिक रहेको हुनाले अब सलहको चपेटामा पर्न सक्ने सम्भावना बढी देखिएको छ । यी किराहरुले बालीनालीलाई आक्रमण गर्दा यसले पक्कै पनि हामिले नै सबैभन्दा बढी असर गर्ने देखिन्छ । यदि ती सलहको आक्रमण रहिरह्यो भने यसले कृषि क्षेत्रको हजारौं टन खाद्यान्न र तरकारीहरु लुट्ने सम्भावना छ । त्यसो भयो भने कोभिड–१९ ले थलापारेको अर्थतन्त्रलाई झन् शिथिल बनाउने पनि आंकलन गर्न सकिन्छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन ९ँब्इ० का अनुसार अर्को महिनामा सलहको माहामारी एकदमै गम्भीर हुने सम्भावना छ । त्यसैले यिनीहरुले कृषि क्षेत्रमा क्षति पुर्याउने र अहिले कोभिड(१९को महामारीमा थप बल पुगि अनिकाल र भोकमरीको सम्भावना पनि भयो ।

१ सलहको रोकथाम गर्न कुनै निश्चित र प्रभावमुलक तरिका पनिउपलब्ध छैन ।
२ सलह अत्यन्त छिट्टै यात्रा गर्ने भएकोले हाम्रो देशमा यसको आक्रमण जुनसुकै बेला पनि देखिन सक्छ ।
३ सलह जहिले पनि समूह र अत्यधिक मात्रामा बालीमा आक्रमण हुने भएकोले रोकथाम निकै कठिन हुने देखिन्छ ।
४ वर्षातको मौसममा सलहले आफ्नो प्रजनन गर्ने र समुहको संख्या बढाउने भएकोले लामो समयसम्म खेतबारीमा रहन सक्ने अनुमान गर्न सकिने छ ।
५ भारतमा सलहको आतंक भइरहदा अहिलेसम्म राष्ट्रिय तथा प्रादेशिक रुपमा कुनै पुर्वतयारी रहेको देखिदैन ।

सलहको रोकथाम कसरी गर्ने ?
अहिले बढ्दै गएको प्रकोपमा रोकथाम त्यति प्रभावकारी नदेखिए पनि कुनै हदसम्म हामिले असर कम गर्न सक्छौं ।
१ सलह संक्रमीत क्षेत्रमा आगो लगाउने
२ जालको पासो थाप्ने
३ ठुलो आवजको ध्वनि निकाल्ने यन्त्रहरुको प्रयोग गरि केही हदसम्म भगाउने
४ हाँस जस्ता चराहरुले एक दिनमा २०० वटा जति सलह खान सक्ने भएकोले यसको उचित प्रयोग गर्ने
५ सलहले प्रजनन गर्ने ठाँउमा कुनै रसायन तथा घरेलु विधिबाट संख्या नष्ट गर्ने
६ भारतले नियन्त्रणका लागि मालाथियन, पाकिस्तानले क्लोरपाइरिफोस तथा अफ्रिकाले ग्रीनमसल जस्ता विषादीको प्रयोग गरिरहदा केही हदसम्म प्रभावकारी देखिएको छ ।
७ प्रकोप धेरै देखिएको ठाँउमा हवाईजहाज, ड्रोन जस्ता उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट तथा माथिउल्लेखित विषादी छिट्न सकिन्छ ।

त्यसैले, नेपाल सरकारले यस विषयमा तत्काल ध्यान केन्द्रित गरी स्थानीय सरकारहरुसँग समन्वय गर्न जरुरी देखिएको छ ।

(लेखक हाल पन्जाबस्थित आई.के. गुजराल पन्जाब टेक्निकल विश्वविद्यालयको दोश्रो वर्षमा कृषि स्नातक अध्यनरत छन् ।)

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७