हेडलाईन न्युज

नेपाल निवास कोटेश्वरमा ओली-नेपाल पक्षको निर्णायक वार्ता सुरु, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच शक्ति सन्तुलनमा सहमति जुटाउनका लागि नेपाल निवास कोटेश्वरमा निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्तापछि दुवैपक्षको निर्णायक वार्ता कोटेश्वरमा सुरु भएको नेपाल निकट एक नेताले नागरिकखबरलाई जानकारी दिए । वार्तामा नेकपाभित्रको शक्ति बाँडफाँटका विषयमा छलफल सुरु भएको उनले बताए ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माग गरेको छ भने ओली पक्षले अन्य विभिन्न विकल्प प्रस्तुत गरेको छ ।

वार्तामा ओलीपक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तलगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख १५, २०७७