समाचार

 लायन्स क्लब अफ पायोनिरको आयोजनामा चारदिने आनलाईन पब्लिक स्पिकिङ्ग कोर्स सञ्चानमा

काठमाडौं । लायन्स क्लब अफ अन्र्तराष्ट्रियको डिस्ट्रिक्ट ३२५ ए २ ले चार दिने आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सञ्चालन गरेको छ । भीडियो कन्फ्रेन्सको माध्यमबाट यसरी आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग नेपालको लायनिजममा संभवत पहिलो अवसर पनि हो । पीडिजि लायन पंकज प्रधान, पीडिजि लायन शम्भु घिमिरे, सेकेण्ड भिडिजि लायन केशव पाण्डे, ३२१ ए २ भारतका विनित गोयल, चिफ एरिया कोआर्डिनेटर लायन भविश्वर तिवारी, रिजन चियर पर्सन लायन मुक्ति प्रसाद भण्डारी र जोन चियर पर्सन लायन अमुल कटवाल सहित आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गको पहिलो दिनमा लगभग ३० जना लायन लिडर र सदस्यहरुको सहभागिता रहेको थियो ।

लायन्स लिडरहरु कुनै पनि सभासमारोहमा आफ्नाकुराहरु नअल्मालाई र्निधक्कका साथ बोल्न सक्ने क्षमता अभिवृद्धिमा टेवा पुग्न सकोस भन्ने आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गको उद्देश्य रहेको पीडिजि तथा मुख्य टे«नर लायन बीजु बज्राचार्यले बताउनु भयो ।
चार दिनसम्म सञ्चालन हुने आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गका लागि मुख्य ट्रेनर पीडिजी लायन बिजु बज्राचार्य, मोडेरेटरका रुपमा पीडीजी लायन मधुकर कुमार उपाध्याय रहनु भएको छ भने कोआर्डिनेटरको रुपमा लायन महेन्द्रध्वज जोशी रहनु भएको छ । आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गमाको आयोजना लायन्स क्लब अफ पायोनिरले गरिरहेको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ७, २०७७