बिदुर खड्का, २०७६ चैत्र २२ गते शनिबार
वातावरण तरल भएको बेला नै भ्रष्टाचार मौलाउने हो । देश शंकटमा परेका बेला नै केहीलाई दशैं आउने हो । राहत र उद्वारको नाममा भ्रष्टाचार गर्न योबेला सबैभन्दा सजिलो हुन्छ । अनियमिततालाई जस्टीफाइ गर्ने बहानाहरु धेरै पाइन्छन् । अझ भूकम्प र अहिलेको कोरोना महामारी जस्तो समयमा त सुनौलो अवसर हुन्छ उनीहरुलाई । अहिले कोरोना त्रासले देशै लकडाउनमा रहेका बेला, सबै जनता, आलोचक घरभित्र बन्द रहेका बेला सिंहदरबारमा हुनेगरेका गतिविधिले इज्जतदार मान्छेको शीर निहुरिएको छ । पार्टीका इमानदार नेता–कार्यकर्ताको शीर निहुरिएको छ ।
हिजो २०७२ सालमा भूकम्प जाँदा देशमा कांग्रेसको सरकार थियो । राहतका सामाग्री र रकममा अकुत भ्रष्टाचार भयो । रामशरण महत जस्ता दिग्गज नेता भ्रष्टाचारको आरोबाट मुक्त हुन सकेनन् । आज नेकपाको बहुमतप्राप्त ओली नेतृत्वको सरकार छ । नेपाल लगायत संसारका २०२ वटा देश कोरोनाको प्रकोपबाट आक्रान्त छ । दिनहुँ हजारौं मानिस मरिरहेका छन् । त्यसबाट जोगिन, जोगाउन र रोगलाई नियन्त्रण गर्न कसरी सकिन्छ भनेर संसार लागेको छ । नेपाल सरकार पनि लागेको छ । तर यहीबेला भ्रष्टाचारीहरु मौकाको फाइदा उठाइरहेका छन् । यो हामी नेपालीहरुको दुर्भाग्य बनेको हो ।
जे गर्नुपर्ने हो त्यो गर्न अनेक बहानाबाजी गर्ने र
गर्नै नहुने वा नगरे पनि हुने कामलाई अनेक कुतर्कले प्रमाणित गर्न
अनावश्यक समय खर्च गरिरहेको छ ।
कर्मचारी र एजेन्टलाई देखाएर कोही उम्कीन सक्दैन ।
किनकि जनतालाई थाहाछ,
राजनीतिक नेतृत्वको इसाराबिना
दलाल र कर्मचारीले माखो पनि मार्न सक्दैनन् ।
पूर्व माओवादी केन्द्र र एमाले मिलेर नयाँ र विशाल पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यसले चुनावमा बहुमत ल्यायो । बहुमतको सरकार बनायो । पार्टी मिलेपछि संगठन ठूलो शक्तिशाली बन्यो । नेता र कार्यकर्ता धेरै भए । पार्टीका सदस्यहरु धेरै भए । पूरै देशमा नेकपाबाहेक अर्को पनि पार्टी छ र ? भन्ने जस्तो भयो । राजनीतिक र राजकीय सत्तामा नेकपाको वर्चस्व कायम भएको छ । सरकारलाई हल्लाउन सक्ने कुनै तागत अहिले देशमा छैन । सरकारले चाहेको खण्डमा जेजस्ता नीतिगत निर्णय गरेर जस्तोसुकै काम गर्न सक्ने हैसियत पाएको छ । तर हामी हेर्न सक्छौं, सरकार अलमलिएको छ । तदर्थवादी कार्यशैलीमा अल्झीएको छ । कामै गर्न नसक्ने, कुनै योजना र दृष्टिकोणै नभएको जस्तो देखिएको छ ।
सरकारले केही राम्रा कार्यको सुरुवात पनि गरेको छ । तर धेरै नराम्रा कामहरुलाई निरन्तरता दिएको छ । भ्रष्टाचारका नयाँ नयाँ कृर्तिमान खडा गरेको छ । जे गर्नुपर्ने हो त्यो गर्न अनेक बहानाबाजी गर्ने र गर्नै नहुने वा नगरे पनि हुने कामलाई अनेक कुतर्कले प्रमाणित गर्न अनावश्यक समय खर्च गरिरहेको छ । कर्मचारी र एजेन्टलाई देखाएर कोही उम्कीन सक्दैन । किनकि जनतालाई थाहाछ, राजनीतिक नेतृत्वको इसाराबिना दलाल र कर्मचारीले माखो पनि मार्न सक्दैनन् ।
सरकारले गरेका सबै राम्रा–नराम्रा कार्य जनतसामु छर्लंगै छन् । यसलाई कसैले बढाइचर्ढा गरेर, कसैले अवमूल्यान गरे बुझेको र कसैले केही पनि भएकै छैन भनेजस्तो गरेर लुकाउन खोजेको पनि देखिन्छ । अहिलेको समस्या कहाँनेर हो भने जसले सरकारका खराबीको बिरोध गरेको छ, उसले सरकारलाई सम्पूर्ण रुपमा निशेध गरेको छ । भरखरै समातेर झुण्ड्याउने कुरा गरेको छ । अर्कोतिर सरकारको समर्थन गर्ने नाममा सरकारका कतिपय मन्त्री, सचिव र सरोकारवालाले गरेका भ्रष्टाचारजन्य कार्य र बद्मासीको पनि बचावट गर्न खोजिन्छ । यो यो कारणले भ्रटाचार गर्नु ठिक हो, बेथिति पनि ठिक हो, तुच्छोपन पनि ठिक हो, जथाभावी बोल्ने, जथाभावी बच्कना निर्णय गरेर गलत परिणामको भागीदार बन्नु पनि जायजै हो भनिरहेका छन् । परिस्थितिलाई देखाएर कुकर्म लुकाउने कार्यमा कभरको भूमिका निर्वाह गरेका छन् । सत्य निरिह भएको छ । भिड आँखा चिम्लिएर असत्यलाई काखी च्यापेर दौडिएको छ । सरकारका सबै गलत कामलाई आँखा चिम्लिएर अन्धो समर्थन नगर्नु भनेको षडयन्त्र गर्नुहो, भ्रम छर्नु हो भनिरहेका छन् । यसको परिणाम त दुर्घटना अवस्यंभावी छ ।
जब मान्छेको नियतै खराब छ भने
उसले आफ्नो नियत कार्यन्वयनको लागि
उचित मौकाको पर्खाइमा रहेको हुन्छ ।
यस्तो संकट र महामारी उनीहरुको लागि
उचित अवसर बनिदिन्छ ।
जब मान्छेको नियतै खराब छ भने उसले आफ्नो नियत कार्यन्वयनको लागि उचित मौकाको पर्खाइमा रहेको हुन्छ । यस्तो संकट र महामारी उनीहरुको लागि उचित अवसर बनिदिन्छ । राज्यका सबै तालाचाबी हातमा छ । जस्तो पनि निर्णय गरेर जे पनि गर्न सक्ने, यसका लागि कानुन समेत फेर्न वा बनाउन सक्ने हैसियत प्राप्त छँदैछ । पार्टी जति शक्तिशाली भए पनि त्यहाँ उत्तिनै शक्तिशाली गुटहरु हुनेगर्दछन् । गुट चलाउन धेरै पैसा चाहिन्छ । पैसा सोझो र कानुनसम्मत तरिकाले कमाएर गुट चलाउन पुग्दैन । त्यसैले उनीहरु यस्तो पैसा कमाउने सुवर्ण मौका किन उम्कन दिन्थे ? हिजो भूकम्पमा कांग्रेसले गरेको पनि यही हो र आज भइरहेको पनि त्यही हो । एकैपटक जति धेरै पैसा लिए पनि त्यो सकिन्छ । त्यसैले आफू सरकारको सर्वेसवाृ भएका बेला यतिकाण्ड जस्ता केही दीर्घकालिन सेटिङ मिलाएर राखेपछि त्यसबाट निरन्तर गुट संचालनमा टेवा पुग्नेछ । अचेल प्रायः यस्तो सेटिङ बनाउछन् अलि ठूला नेताहरु । नेपालमा धेरैैले यस्तो गरेका छन् । कोही यसबारे नयाँ छन्, सिक्दैछन् । त्यसैले माथि सबै तैं चुप, मै चुप छन् ।
ष्भ्रष्टाचार र बद्मासीको पर्दाफास भएपछि यसको सार्वजनिक बिरोध हुनु स्वभाविक छ । गालिगलौज, छिछिदुरदुर हुन्छ । अब त्यसबाट बच्नु त प¥यो । त्यसपछि बदमासी लुकाउन संगठनको दुरुपयोग हुने गर्दछ । सरकार संचालनमा प्रायः पार्टीका निर्णायक नेता नै हुने र भ्रष्टाचारमा पनि उनीहरु नै हुने हुदा सरकारको बदमासी ढाक्न माताहतका संगठनलाई प्रयोग गरिन्छ । सरकार बिरुद्ध षडयन्त्र भएकाले सबैस्तरका कार्यकर्ताले यस्ता षडयन्त्रको डटेर प्रतिरोध गर्ने सर्कुलर जारी हुन्छ । नेताको निगाहमा पार्टीमा हैसियत र अन्यखाले अवसर पाउने प्रणाली छदैछ । कार्यकर्तालाई सत्यसँग के मतलब ? आँखा चिम्लेर भ्रष्टाचारका आलोचकहरुमाथि जाइ लाग्न थाल्छन् । मिल्ने भए छोक्टालाम्टा चुडेर खाउँला जस्तो गर्छन् । मानिलिउँ, त्यो भ्रष्टाचार गर्ने ठाँउमा उनीहरु नै थिए, त्यसको सबै ज्ञान उनीहरुलाई मात्रै छ, बाँकि सबै अज्ञानी छन् र यी अज्ञानीले गर्दा सरकार बर्बाद हुनेभयो । कुतर्कका पहाड बनाएर जनतालाई झनबढी दिग्भ्रमित बनाउनु उनीहरुको अभियान हुने गर्दछ । षडयन्त्र भएको छ है सरकारका बिरुद्धमा, प्रतिरोध गर्नुस् भनेर माथिबाट भन्ने र तल सबैभन्दा पहिला सत्य बुझ्नै नखोज्ने, बुझे पनि अति जान्नेसुन्ने भएर सत्य बंग्याउदै कुतर्क गर्न थाल्दछन् । यस्ताहरुले सत्य मारिदिन्छन् । झुटलाई स्थापित गर्ने असफल प्रयास गर्दछन् ।
पर्दाफास भएपछि यसको सार्वजनिक बिरोध हुनु स्वभाविक छ ।
गालिगलौज, छिछिदुरदुर हुन्छ । अब त्यसबाट बच्नु त प¥यो ।
त्यसपछि बदमासी लुकाउन संगठनको दुरुपयोग हुने गर्दछ ।
सरकार संचालनमा पार्टीका निर्णायक नेता नै हुने र
भ्रष्टाचारमा पनि उनीहरु नै हुने हुदा सरकारको बदमासी ढाक्न
माताहतका संगठनलाई प्रयोग गरिन्छ ।
सरकार बिरुद्ध षडयन्त्र भयो भन्दै सबैस्तरका कार्यकर्ताले यस्ता
षडयन्त्रको डटेर प्रतिरोध गर्ने सर्कुलर जारी हुन्छ ।
नेताको निगाहमा पार्टीमा हैसियत र अन्यखाले अवसर पाउने प्रणाली छदैछ ।
यस्तोमा कार्यकतालाई सत्यसँग के मतलब ?
आँखा चिम्लेर भ्रष्टाचारका आलोचकहरुमाथि जाइ लाग्न थाल्छन् ।
मिल्ने भए छोक्टालाम्टा चुडेर खाउँला जस्तो गर्छन् ।
कम्युनिष्ट पार्टीको द्वन्द्वात्मक भौतिकवादी नीतिलाई उनीहरु सम्झनै चाहदैनन् । जसले यसलाई साच्चै चिन्दैनन्, उनीहरुप्रति कुनै गुनासो छैन । तर यहाँ त द्वन्द्वात्मक भौतिकवादलाई खोकिलामा च्यापेर हिड्नेहरु नै यसलाई घाँटी निचोरेर हत्या गर्दछन् ।
पार्टी सबैखाले प्रवृत्तिको पनि संगम हो, यहाँ राम्रा – नराम्रा सबैखाले प्रवृत्तिले विचरण गर्दछन् । मौका मिले आफ्नो चरित्रअनुसारको कर्म गर्दछन् । जनबिरोधी समाजविरोधी चरित्रमाथि विजय हासिल गरेर मात्रै नयाँ र जनपक्षीय काम गर्न सकिन्छ भन्ने सत्यलाई स्थापित गर्नुपर्छ । बिरोध गर्ने र फरक मतको पक्षपोषण गर्ने सबै दुश्मन हुदैनन् भन्ने कुरा बुझ्न नसक्ने मान्छे कसरी कम्युनिष्ट हुनसक्छ ?
राणकालको कुरै छाडौं, पञ्चायतकालमा नेपालमा कम्युनिष्ट पार्टी प्रतिवन्धित थियो । लुकीलुकी हण्डरठक्कर खाएर संगठन गरेर राजनीतिक गतिविधि गर्नुपथ्र्यो । कम्युनिष्ट पार्टीको सरकार बनेपछि मात्रै सबैखाले लुटतन्त्रको अन्त्य हुनेछ, जनता सार्वभौम र निर्णायक हुनेछन्, भ्रष्टाचार अन्त्य हुनेछ, समाज समुन्नत हुनेछ, विकासको चरम शिखर पार गरिनेछ, महिला र पुरुषबाहेक मान्छेबीच हुने सबैखाले बिभेद अन्त्य हुनेछन्, वर्गविभेद रहने छैन भन्दै सारा जनतालाई बत्तीमा पुतली जलेझैं पुलिसको गोलीखान उक्साइन्थ्यो । बहुदलीय राजतन्त्रमा पनि कम्युनिष्ट पार्टीमाथि अघोषित प्रतिवन्धै थियो, एमालेबाहेकलाई । जनयुद्ध भयो । जनआन्दोलन भयो । मधेस र जनजातिले पनि आन्दोलन गरे । राजतन्त्र गयो । संघीय लोकतान्त्रिक गणतन्त्र आयो । मूलधारका कम्युनिष्ट पार्र्टी बहुमतसहित सरकारको नेतृत्वमा पुगे । पञ्चायतकालमा जनतालाई मर्न उक्साएका नाराहरु व्यवहारमा कार्यन्वयन गर्ने ठाउँमा आफैं पुगे । पटक पटक पुगे । अब जनता र पार्टीका कार्यकर्ता पार्टीको निर्णय मान्नका साथै नेताका गतिविधि, सरकारका कामकाजमाथि निगरानी राख्न, पथप्रदर्शक बन्न, आलोचना र समर्थन गर्न स्वतन्त्र र सक्षम छन् भन्ने ठानियो । यो पार्टी कार्यकर्ताको अरु दायित्वसँगै अधिकार पनि हो भन्ने मानियो । आलोचना र सुझावसँग डराएर, तरंगित भएर कम्युनिष्ट पार्टीको सरकार चल्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
Add Comment