अन्तर्वार्ता/विचार हेडलाईन न्युज

कोरोनाको अनियन्त्रित कोहराम : विश्वशक्तिको ताज खतरामा

सुनकोशी न्युज, बिदुर खड्का
२०७६ चैत्र १० गते
काठमाण्डौं । चीनको वुआन शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वका १८६ वटा देश आक्रान्त बनेका छन् । संक्रमण कुनै न कुनै रुपमा ती देशमा फैलिएर कोहराम मच्चाइरहेको छ । सुरुमा वुआन शहरमा साँडे तीन हजार मान्छे मारेर युरोप छिरेको कोरोना अर्थात कोभिड–१९ भाइरसले चीनलाई पनि उछिनेर इटलीमा पाँच हजारको हाराहारीमा मानिसहरुको ज्यन लिएको छ । स्पेनमा करिब दुई हजार, इरान झण्डै २ हजार, फ्रान्स र अमेरिका समेत उच्च संक्रमणको जोखिममा छन् । यी देशहरुमा लाखौं मानिस संक्रमित भएका छन् । युरोपका लगभग सबै देशमा कोरोना भाइरस फैलिएको छ ।
चीनको नयाँ वर्षको पूर्वसंध्यामा वुआन शहरमा देखापरेको यो भाइरसले सुरुमा दुईजना मानिसको ज्यान लियो । चीनले पर्याप्त सावधानी अपनाउदा अपनाउदै पनि ३४०० जनाको ज्यान गयो । यो करिब १५ दिनको समयमा भयो । तर चीनियाँ वैज्ञानिकले कोरोना मानिसबाट मानिसमा सजिलै सर्ने भएकोले संसारभरि यो फैलिन सक्ने कुराको सूचना दिएको थियो । त्यसपछि इरान, कोरिया, बेलायत र इटालीमा केही कोरोनाका संक्रमित देखिए । त्यहाँको सरकारले जनतालाई सचेत गरायो तर जनताले पत्याएनन् । मानिसहरु भटाभट मर्न थाले । सुरुमा इरान र दक्षिण कोरियामा अलि धेरै फैलिएको कोराना त्यहाँको सरकारको तदारुकता र जनातको सजगताका कारण धेरै फैलिन पाएन । नियन्त्रणको अवस्थामा पुग्यो । बेलायतमा पनि मन्त्रीलाई कोरोना लागेपछि सबै सचेत भए र नियन्त्रणकै अवस्थामा छ । तर इटलीका जनताले यसलाई खासै ध्यान दिएनन् र जीवनशैली यथावत राखे । पुरानो शहर भएका कारण त्यहाँ घुम्न जाने पर्यटकको संख्या अत्याधिक हुनु स्वभाविकै हो । साथै विलासी शहर हुनुका कारण यहाँ अधिकाँश विलासी र बृद्धबृद्धाहरु रहने देशको रुपमा इटाली चिनिन्छि । यस्तो ठाउँमा चाँडै फैलिन सक्ने तीब्र गतिमा मानवीय क्षति गरिरहेको कोरोनाका बारेमा यहाँको सरकार र जनता दुबै आवश्यकता अनुसार सचेत हुन सकेनन् । सरकारले जारी गरेको जनता कर्फु त्यहाँका जनताले टाइटाइफिस् गरिदिए, परिणामस्वरुप विद्युतीय गतिमा कोरोनाले इटलीलाई गाज्यो । सरकारले पूरै देशलाई न्वारेन्टाइनमा राखेर, सबै नागरिकलाई आइसोलेशनमा राखेर उपचारका सबै विधि अपनाउदा पनि कोरोना नियन्त्रण गर्न सकेको छैन । त्यहाँ आजको मितिसम्म कोरोनाबाट मर्नेको संख्या गुणात्मक हिसाबले बढीरहेका छन् । सारा संसारले कोसिस गरिरहेको छ, इटलीमा कोरोना नियन्त्रण गर्न, तर ती सबै प्रयास असम्भव जस्तै सावित भएका छन् । इटलीको जनजीवन तहस नहस भएको छ ।
संसारमा साढेँ तीन लाखभन्दा बढीलाई भाइरस लागेको छ । इटलीमा मात्र लाखौं मानिसलाई भाइरस संक्रमण भएको छ । त्यहाँको सरकार, अस्पताल, स्वास्थ्यकर्मी, सेना लगायतको प्रयासमा उपचार अपुग भइरहेकोछ । हज्जारौं विरामीलाई आइसियुमा नराखे मरिहाल्ने अवस्था छ । तर ती सबैलाई पुग्ने आइसिय्ु इटलीसँग छैन । यस्तो अवस्थामा अरु देशको सहयोग लिएर थप आइसियु निर्माण गर्नुको सट्टा इटालीले मानिसहरुको महत्वको आधारमा आइसियु पाउने र नपाउनेमा विभाजन गरेको छ । खासगरी बृद्धबृद्धालाई यो रोगले बढी आक्रान्त पारेकोले उनीहरुको लागि आइसियु अनिवार्य छ । तर त्यहाँको सरकारले ८० वर्ष कटेका बृद्धबृद्धालाई आइसियुमा नराख्ने निर्णय गरेर अमानवीयताको सिमा तोडेको छ । कम महत्वका मानिस भनेर यसरी बृद्धबृद्धा तथा सर्वसाधरणलाई आइसियु नदिने, आइसियु नपाए उनीहरुको अनिवार्य मृत्यु हुने अवस्थाले इटली सरकार जानाजान हज्जारौं नागरिकको हत्या गर्दैछ भन्ने पुष्टि हुन्छ । यो मानवीता बिरुद्धको अर्को भयंकर अपराध हो ।
चीनमा अहिले कोरोना भाइरस लगभग नियन्त्रणमा आएको छ । त्यहाँ कोरोनाका नयाँ विरामी देखा नपरेको विश्व स्वास्थ्य संगठनले बताएको छ । अब चीन कोरोना संक्रमित देशको सहयोगमा जुटेको छ । उसले अमेरिका र इटलीमा स्वास्थ्यकर्मी र उपकरण लिएर गएको छ । चीनमा कोरोना लागेकी १०३ वर्षे बृद्धा उपचारपछि स्वस्थ्य भएर घर फर्किएकी छिन् । त्यहाँ ७४ हजारभन्दा बढी कोरोना भाइरसका विरामी उपचारपछि ठिक भएर घर गएका छन् । तर चीनले उपचारमा मानिसहरुको वर्गिकरण गरेर भेदभाव गरेको देखिएन । उसले बृद्धबृद्धाहरुलाई झन धेरै प्राथमिकतामा राखेर उपचार गरेको देखियो । कसैलाई पनि कम वा बढी महत्वको मानिस भनेर उपचारमा पक्षपात गरेको न सुन्न पाइयो, न देख्न पाइयो । तर इटालीमा त्यो देखियो ।
यसले के देखाउछ भने नेपाल, चीन लगायत कम्युनिष्ट शासित देशमा पूँजीवादीहरुले फैलाएको भ्रम चकनाचुर भएर उनीहरुतिरै सोझिएको छ । कम्युनिष्टहरुले बृद्धबृद्धाहरुलाई ६० वर्ष पुगेपछि गोली हानेर मार्छन् भनेर कम्युष्टिलाई भन्नेहरु आफैंले शंकटका बेला मान्छेलाई वर्गिकरण गरेर फरक व्यवहार गरेको देखियो, बृद्धबृद्धालाई आइसियुमा नराख्ने, मर्न छाडिदिने निर्णय गरेर पूँजीवादी अपराधीहरुको कुरुप अनुहार छर्लङ्ग भएको छ ।
अमेरिकामा पनि यसको प्रभाव पछिल्लो समय बढेको छ । सुरुमा सामान्य रुपमा लिएको अमेरिकाले अहिले यसलाई झेल्न हम्मेहम्मे परेको छ । अमेरिका अरु संकटग्रस्त देशलाई सहयोग गर्न त टाढाको कुरा, स्वयम् आफ्नै देशका संक्रमित जनताको सुरक्षा र उपचारको लागि पर्याप्त सामाग्री जुटाउन सकिरहेको छैन । उता सुरुमा अति शंकटग्रस्त रहेको चीन अमेरिका, इटाली, इरान, बेलायत, फ्रान्स, स्पेन लगायत धेरै देशमा पर्याप्त सहयोग लिएर उपस्थित भएको छ । जब इटली शंकटग्रस्त भयो, उसले युरोली मुलुकसँग सहयोग माग्यो । तर कुनै युरोपेली मुलुकले पनि सहयोग लिएनन् । तर चीन त्यहाँ पर्याप्त सहयोग लिएर पुग्यो । यसले युरोपेली एकता एउटा दन्तेकथा मात्रै भएको युरोपेली देशहरुले नै भन्न थालेका छन् । अमेरिका आन्तरिक शंकटमा यसरी फसेको छ कि यसबाट निश्कने प्रयास गर्दागर्दै विश्वमहाशक्तिको उपमा खोसिने अवस्था आउने देखिन्छ । अर्कोतिर शक्तिशाली बन्दै उदाएको चीन यो शंकटमा सबैलाई सहयोग गर्दै, सबैको मन जित्दै तथा आर्थिक रुपमा शक्तिशाली बन्दै एकनम्बर शक्ति बन्ने दिशामा देखिन्छ । कोरोनाको प्रहारले कुनकुन देशलाई कति असर गर्ला, यसले सं)सारमा मानव सभ्याता र मनोविज्ञानलाई कस्तो बनाउला भन्ने कौतुहलता रहन्छ नै । त्यो सँगै शक्ति सन्तुलन र सामाजिक सनतुलनमा समेत यसले उथलपुथल ल्याउने देखिन्छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७६