प्रदेश २ समाचार

सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको अपिल

जनकपुरधाम, चैत १० । विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अपिल गर्नु भएको छ । मुख्यमन्त्री राउतले आज एक अपील जारी गर्दै विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एक मात्र विकल्प रहेको बताउनु भएको हो ।

उहाँले कोरोना रोकथामका लागी प्रदेश सरकारले यस अघि नै सबै जिल्लालाई ५०/५० लाख रुपैया उपलब्ध गराइ सकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको जनाउनु भएको हो । उहाँले प्रदेशवासीहरुलाई आ–आफनै घर बाट एक अर्का लाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत गर्नु भएको हो ।-आतिस मिश्र

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७६