समाचार हेडलाईन न्युज

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

स्ववियू निर्वाचनका लागि विद्यार्थी संगठन एकमत हुन नसकेपछि स्ववियू चुनाव स्थगित गर्नुपरेको निर्देशनालयको भनाइ छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकमा स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आबद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले छलफल नै नगरी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

विसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न समेत माग गरेको थियो ।

 

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ६, २०७६