स्थानीय

३२५ ए २ जोन XV द्वारा लायन्सका अग्रज लिडरहरुलाई सम्मान

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ अन्र्तगत जोन XV ले जिएमटी मल्टिपल कोआर्डिनेटर लायन शम्भु घिमिरेको प्रमुख आतिथ्यमा तेस्रो डिस्ट्रिक्ट गर्भनर एडभाजरी बैटक सम्मन्न गरेको छ । लायन्स क्लब अफ रामेछाप ओपेरा सिटी, लायन्स क्लब अफ काठमाडौ हारतीमाता, लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भीजन र लायन्स क्लब रामेछाप माईस्टिक सिटी क्लबले सुंयुक्तरुपमा आयोजना गरेको बैठमा चारैवटा क्लबका पदाधिकारहरुले आआफ्ना क्लबको कार्यप्रगति व्यहोरा प्रस्तुत गर्नु भएको थियो ।

तेस्रो एडभाईजरी बैठक क्लब र सदस्यहरु ग्रोथका साथै क्लबहरुलाई कसरी हेल्थी बनाईराख्ने भन्ने यावत विषयमा छलफल गर्ने बैठकको रुमा लिईन्छ । तेस्रो एडभाईसरी बैठकमा उपस्थित लायन्स अग्रज लिडरहरुले यसै विषयमा मार्ग दर्शन तथा सल्लाह सुझाव क्लब लिडर हरुमाझ साझा गर्नु भएको थियो ।
बैठकले पीएमसीसी पंकज प्रधान, पीएमसीसी लायन शिवराम प्रधान, पीडिजी लायन विजु बज्राचार्य, पीडिजी लायन मधुकरकुमार उपाध्याय, क्याबीनेट सेक्रेट्री लायन दिनेश प्रसाद श्रेष्ठ र लायन उत्तम झालाई टोकन अफ लभबाट सम्मान गरेको थियो भने सेकेण्ड भीडिजी लायन केशव पाण्डेलाई दोसल्ला ओडाएर सम्मान गरेको  थियो।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६