मुख्य समाचार लुम्बिनी

सेतीको खोंचमा खसेको कुकुर बचाउन खोज्दा गुरुङ आफैं खसे, प्रहरीबाट सकुसल उद्धार

सुनकोशी न्युज, २०७६ माघ २७
पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही स्थान बस्ने आकाश आफैँ खोचमा खसेका थिए ।
स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

प्रकाशित मिति: सोमवार, माघ २७, २०७६