खेल हेडलाईन न्युज

 क्रिकेट : ओमानसँग नेपाल ८ विकेटले पराजित

  • सुनकोशी न्युज, २०७६ माघ २६

काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । आइतवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४६.५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । ओमानका लागि सर्वाधिक रन अक्विब इल्यासले नटआउट १०८  रन हाने । त्यस्तै जीसन मक्सूदले नटआउट ६८ रन बनाए ।बलिङतर्फ नेपालका कुशल मल्ल र सुसन भारीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टीमले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । ओपनर सुवास खकुरेल २२ रन बनाएर आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको स्कोर उकासेका थिए । यसक्रममा पारस ३८ रनमा पेभेलियन फर्केका थिए भने कप्तान मल्लले ५६ रन जोडेका थिए ।

त्यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८ रन बनाएका थिए । विनोद भण्डारीले ४५ तथा करण केसीले १० रनको योगदान गरेका थिए । बलिङतर्फ ओमानका लागि अक्विब इल्यासले सर्वाधिक ४ तथा मोहम्मद नदीमले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतवार, माघ २६, २०७६