हेडलाईन न्युज

कांग्रेसले आज पनि संसद  अवरुद्ध गर्ने 

सुनकोशी न्युज,

२०७६ माघ २४

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले  संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६

 

 

ताजा अपडेट