विदेश

भक्तपुर समाज दक्षिण कोरियाले ‘द भ्वाइस अफ नेपाल २’ लाइभ आयोजना गर्ने

दक्षिण कोरिया । असामान्य असहाय गरिब तथा जेहेन्दार बिधाथीॅ सहयोगाथॅ भक्तपुर समाज दक्षिण कोरिया को आयोजनामा द भ्वाइस अफ नेपाल 2 लाइभ कोरियामा हुने भएको छ। राम लिम्बुका साथमा अन्य चर्चित कलाकारहरुको समेत सहभागीता रहने उक्त कार्यक्रमले जनावरी 25 मा कोरिया तताउने पक्का भएको छ। जनवरी २५ तारिख एवं कोरियन नयाँ वर्ष सल्नालको दोस्रो दिन आयोजना हुन लागेको उक्त कार्यक्रम प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना हुन लागेको उक्त कार्यक्रममा पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व गरेका नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभा कलाकारहरुको सम्मिश्रण रहेको छ।

विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा चर्चित वन लेग डान्सर सिता सुबेेदी, पुर्ब बाट राम लिम्बू, सुदूरपश्चिम बाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी, पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा, राप्ती बाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराह बाट आरिफ रौफ, भ्याली बाट सनिश श्रेष्ठ चितवन बाट अलिशा सर्मा, भारत को दार्जिलिङ बाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समेत सहभागीता रहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिनुभयो।

कार्यक्रम स्थल सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा रहेको छ। सम्पुर्ण नेपाल झल्कने सांगीतिक उक्त कार्यक्रम दिनको 1 बजे बाट सुरु हुनेछ। कार्यक्रम स्थलसम्म जान दोङ्देमुन 3 न गेट अगाडि बाट निशुल्क बसको ब्यबस्था समेत रहेेको जानकारी भक्तपुर समाज द कोरियाका उपाध्यक्ष राम पोख्रेल ले दिनुभएको छ। संगित र नृत्यका सम्पूर्ण विधाका समावेशी कलाकारहरुको प्रस्तुति रहेको उक्त कार्यक्रमलाई सफल बनाउनको निम्ति कोरियामा रहेका सम्पूर्ण संघ संस्था र नेपाली समुदायलाई भक्तपुर समाज दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६