हेडलाईन न्युज

बुधबार मन्त्री मण्डल हेरफेरकाे सम्भावना, मन्त्रीहरूलाई प्रधानमन्त्रीकाे ‘धन्यवाद’

२०७६ मंसिर ३, मंगलबार

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिष्द पुनर्गठन गर्ने संकेत गर्नुभएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागी मन्त्रीहरुलाई आफूले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका कारण कुनैपनि कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला, यसलाई कसैले अन्यथा नलिनुहोला ।’
बैठकमा नयाँलाई अवसर दिनुपर्ने र मन्त्रीपरिषद् पुनर्गठन गर्न बाहिरबाट समेत दबाब बढेको प्रधानमन्त्री ओलीले बताउनु बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ३, २०७६