हेडलाईन न्युज

आलमका वकिलको तर्कः मिडियाका कुरा नसुन्नुस् जजसा’प

 

रौतहटको राजपुर फरदहवामा बम विष्फोटका घाइतेलाई इटाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको थुनछेक बहस पाँन दिन बित्दा पनि अझै सकिएको छैन ।

आलमको पक्षबाट बहस गर्ने बरिष्ठ अधिबक्ताहरुको बहस भने सकिएको छ । पाँचौ दिन आज आलमको पक्षबाट पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठ लगायत चार जना वकिलले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट बहस गरेका पुर्व महान्यायधिबक्ता श्रेष्ठले मिडियाको कुरा नसुन्न न्यायाधीशलाई आग्रह गरे । बुधबार आलमको पक्षबाट पुर्व महान्याधिवक्ता श्रेष्ठ, संजिब कुमार मल्लिक, लालबाबु राय यादब र अजय पटेलले बहस गरेको जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

नेपाल बार एसोसिएसका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता प्रेम वहादुर खड्का, यदुनाथ खनाल र सतिष कुमार झाले बहस गरे ।

सोमबार नेपाल बारका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल कुमार पोखरेल लगायत चार जना वकिलले आलमको तर्फबाट बहस गरेका थिए ।हस गर्ने कानुन व्यवसायी धेरै हुँदा आलमको मुद्दा लम्बिएको जिल्ला अदालत रौतहटले जनाएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस भइरहेको छ ।

आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ । आलम गत २६ असोजमा पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बुधबार, कार्तिक २७, २०७६