हेडलाईन न्युज

बालुवाटारमा सर्वपक्षीय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री ओलीले लिपुलेक विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको हो ।

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत भारतले आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले एकपक्षीय नक्सा मान्य नहुने प्रष्ट पारेको छ । मिचिएको भनिएको भूभागबारे साझा धारणा बनाउन सर्वदलीय र विज्ञसँगको परामर्शका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु र राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक २३, २०७६