हेडलाईन न्युज

पाँचौं सन ग्लोबल ग्यादरिङ काठमाण्डौंमा सुरु, ६१ देशबाट १२०० व्यक्तित्वहरु सहभागी

सुनकोशी न्युज,
श्रीवत्स काफ्ले,
काठमाण्डौं । पाँचौं सन ग्लोबल ग्यादरिङ काठमाण्डौंमा सुरु भएको छ ।
यही कात्र्तिक १८ देखि २१ गतेसम्म दरबारमार्गको याक एण्ड यति होटलमा सम्पन्न हुने ग्यादरिङ नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार जेनेभास्थित सन् मुभमेन्ट सेक्रेटरियट सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले आयोजना गरेको हो । हिजो एक कार्यक्रमका बीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले ग्यादरिङको उद्घाटन गर्नुभएको थियो ।

संयुक्त राष्ट्र संघको संयोजकत्वमा विश्वभरका नागरिकलाई पोषणका माध्यमबाट स्वस्थ्य राख्ने अभिप्रायले स्केलिङ अप न्युट्रेशन मुभमेन्ट कार्यन्वयनमा आइरहेको छ । यस अभियानलाई व्यवस्थित रुपमा संचालन गर्न स्विजरल्यण्डको जेनेभामा सन मुभमेन्ट सेक्रेटरियटको स्थापना भई कार्यरत रहेको छ ।

पोषणको सवालमा विश्वव्यापी जनमत सिर्जना गरी राजनीतिक र प्रशासनिक प्रतिवद्धता हासिल गर्ने उदेश्यले सन मुभमेन्ट सेक्रेटरियटबाट प्रत्यक दुई वर्षमा विभिन्न मुलुकहरुमा सन ग्लोबल सम्मेलन हुदै आएको राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले बताउनुभयो ।

उक्त ग्लोबल ग्यादरिङमा विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरु पोषणका क्षेत्रमा कार्यरत विज्ञहरु, सन मुभमेन्टमा आवद्ध नेपालसहित ६१ देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार लगायत विभिन्न देशका करिब १२०० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १९, २०७६