समाचार

अब बिजुलीको बिल तिर्न मिटर रिडर कुर्न नपर्ने , २५ प्रतिशत सेयर पनि

नेपाल बिद्युत प्राधिकरणले बिजुलीको मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने व्यवस्था अन्त्य गरी स्मार्ट मिटर मार्फत टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू गर्नेभएको छ ।

नेपाल विद्युत प्राधिकरणको विगत तीनवर्षको उपलब्धि र भावी कार्ययोजना सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने समेत जनाएको छ।

घिसिङका अनुसार प्राधिकरणको संस्थागत विकास अन्तर्गत नेपाल सरकारबाट स्वीकृत भए अनुसारको दोस्रो वित्तीय संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना प्राधिकरणले गरेको हो ।

प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा गरेको थियो । तर,प्राधिकरणको सन्चित घाटा भने अझै छ । गत आर्थिक वर्षसम्ममा प्राधिकरणको सन्चित घाटा १५ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७६