समाचार

डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १ किलो ४ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँका होमबहादुर गुरुङ, मोरङ पथरी– २ का अनिल लुइँटेल र परिचय नखुलेका अर्का एक जना छन् ।

हिमालय एयरलाइन्सबाट सोमबार बिहान त्रिभुवन विमास्थल उत्रिएका गुरुङले सुन ल्याएको र उक्त सुन रिसिभ गर्न गएका २ जना पक्राउ परेका विमानस्थल सुरक्षामा खटिएको प्रहरीले जनाएको छ ।

उक्त विमान कतारको दोहाबाट आएको हो । गुरुङले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएको खुलेको छ ।

केही दिनअघि समेत प्रहरीले छुरीको बिँडमा लुकाएर ल्याएको अवस्थामा ४ सय ग्राम सुन बरामद गरेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७६