मुख्य समाचार समाचार हेडलाईन न्युज

न्याय खोज्दै कानुन व्यवसायी सडकमा, आज लालटिन बालेर विरोध प्रदर्शन

सुनकोसी न्यूज

जेष्‍ठ ५ गते, मंगलबार

काठमाडौं । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमप्रति विरोध जनाउँदै कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा हुने प्रदर्शन मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा आयोजना गरिने जनाइएको छ ।

बार एसोसिएसनले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधमा सांकेतिक रूपमा लालटिन बाल्ने निर्णय गरेको हो । आइतबार बसेको एसोसिएसनको बैठकले न्यायिक प्रणालीप्रति गम्भीर प्रश्न उठेको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्र ले सत्य र न्यायको खोजीका लागि प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार अदालतमा न्याय खोज्न जाने नागरिकका मुद्दा र रिट नै दर्ता नहुने अवस्था रहनु लोकतान्त्रिक व्यवस्थामाथिको चुनौती हो ।

उनले प्रश्न गर्दै भने, “अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?”कानुन व्यवसायीहरूको यो प्रदर्शनलाई न्यायपालिकाभित्र देखिएको असन्तुष्टि र न्यायिक प्रक्रियामाथिको दबाबप्रति सांकेतिक खबरदारीका रूपमा हेरिएको छ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०८३

 

 

ताजा अपडेट