समाचार

कपनमा ग्याङ्गफाइट : १८ बर्षिया सञ्जय राईको गयो ज्यान

१८ भदौ २०७६, काठमाडौँहिजो राति कपनमा ग्याङ्गफाइट हुदाँ १८ बर्षिया सञ्जय राईको ज्यान गएको छ । खोटाङ घर भएका सञ्जय केही समयदेखि कपनस्थित आदर्शनगरमा बस्दै आएका थिए ।मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो ।राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६