मुख्य समाचार समाचार हेडलाईन न्युज

कार्की आयोगको प्रतिवेदन परिसर काठमाडौंमा, कार्यान्वयन प्रक्रिया सुरु

सुनकोसी न्यूज

चैत १५  गते आइतबार

काठमाडौं । २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। अब उक्त प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरिसकेको छ। सोही निर्णयअनुसार प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमार्फत प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा आइपुगेको हो। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

आयोगले जनेजी आन्दोलनका क्रममा भएको हत्या घटनामा संलग्न रहेको निष्कर्षसहित ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। अन्य सुरक्षा निकायका व्यक्तिहरूमाथि भने थप अनुसन्धानपछि कारबाही गरिने जनाइएको छ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०८२

 

 

ताजा अपडेट