समाचार हेडलाईन न्युज

सी जिनपिङको पुस्तक जलाएको घटनामा चीनको चासो, कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

सुनकोसी न्यूज
चैत्र ३, मंगलबार

“नेपाल–चीन सम्बन्धमा असर पर्ने खालका गतिविधिबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ।” — गृहमन्त्रालय स्रोत

काठमाडौं । मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङकाे पुस्तक जलाइएको घटनाप्रति चीनले औपचारिक चासो व्यक्त गरेपछि गृहमन्त्रालयले प्रहरीलाई अनुसन्धान र कारबाही अघि बढाउन निर्देशन दिएको छ।

काठमाडौं स्थित चिनियाँ दूतावासमार्फत आएको कूटनीतिक पत्रपछि परराष्ट्र मन्त्रालयले सो विषयमा गृहमन्त्रालय लाई जानकारी गराएको  छ।

गृहमन्त्रालयले उक्त घटनालाई नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने भन्दै छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको जनाएको छ।

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनापछि कूटनीतिक रूपमा चासो बढेको हो। सो घटनाको अनुसन्धानका लागि मोरङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनलाई समेत सक्रिय हुन निर्देशन दिइएको छ।


प्रकाशित मिति: मङ्लबार, चैत्र ३, २०८२

 

 

ताजा अपडेट