अर्थ/विजनेस समाचार हेडलाईन न्युज

माेवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू

११ कात्तिक, २०८२
धनकुटा । धनकुटामा मोवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू भएको छ।

बिहीबार बिहान एनसेल टावरको विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सागुरीगढी वडा नं ३ का नरबहादुर मिभक लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। लिम्बू जेडटीई (ZTE) नेपालको तर्फबाट विद्युत मर्मत कार्यमा संलग्न व्यक्ति हुन् ।

टावर मर्मतको जिम्मा लिएको जेडटीई (ZTE) नेपालले सुरक्षाका मापदण्डहरु पालना नगर्दा दुर्घटना भएको पाईएको स्थानीय प्रहरीले बताएकाे छन्। घटनापछि, जेडटीई (ZTE) नेपालका साइड प्रबन्धक गणेश नेपाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १२, २०८२

 

 

ताजा अपडेट