सुनकोसी न्युज
माघ ४ गते शुक्रबार,२०८१
काठमाडौं । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायत केही पदाधिकारी एमालेकाे पत्रकार संगठन प्रेस चाैतारी प्रवेश गरेका छन् । आज एक कार्यक्रम गरि उनीहरूलाई एमालेका महासचिव शंकर पाेखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गाैतम, चाैतारी अध्यक्ष गणेश बस्नेत लगायतले प्रवेश गराएका हुन्।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्य तथा पत्रकार महासंघ उपत्यका महासचिव आशिष गुरागाईं, ललितपुर अध्यक्ष तथा पत्रकार महासंघका ललितपुर सहसचिव सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
यसअघि समाजवादी प्रेस संगठन नेपालले आफ्नै अध्यक्ष विश्वमणी सुवेदीलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासनकाे कारबाही गरेको थियोे ।
उपाध्यक्ष नवराज छतकुलीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी दिएका हुन्। उपाध्यक्ष छतकुलीले अध्यक्ष सुवेदीलाई पत्रकार महासंघको चुनावमा आफ्ना उम्मेदवारलाई हराउन विपक्षी उम्मेदवारलाई सघाएकाे, लामाे समयसम्म संगठनको बैठक नराखेको, संगठनबिरूद्ध गतिविधि गरेको र आर्थिक हिनामिना समेत गरेको आराेप लगाएका छन् ।
यसाे त, अध्यक्ष सुवेदी केही समययता आफ्नो पुरानो संगठन प्रेस चाैतारीमा प्रवेश गर्न लागेको व्यापक चर्चा हुदै आएको थियोे। केही समयपहिला समाजवादी प्रेस संगठनका केन्द्रीय सल्लाहकार शान्तराम बिडारी लगायत एक दर्जन पत्रकार चाैतारी प्रवेश गरिसकेका छन् । बिडारीलाई महासंघको चुनावमा सुवेदीले नै केन्द्रीय सचिवको टिकट नदिएपछि संगठन छाडेका थिए । उनको ठाउँमा उत्तर कुमार विष्ट चुनाव लडेर हारेका छन् ।
Add Comment