काठमाण्डौ । साहित्यकार प्रकाशमणि दहालको निधन भएको छ । दहालको शुक्रबार बिहान काठमाण्डौमा निधन भएको आफन्त राज्य आचार्यले बताईन् । ८१ बर्षिय दाहालको काठमाडौंको मूलपानी, बिष्ट गाउँमा निधन भएको हो ।
केही दिनदेखि हल्का विरामी जस्ता दहालको शुक्रबार खाना खाएपछी बिहान अकस्मात हातखुट्टा लुला भई १० बजे निधन भएको दहालका सुपुत्र असीमकुमार उपाध्यायले सुनकोशीन्यूजलाई बताए ।
शान्ता आचार्य एवम् असीमकुमार उपाध्याय दुई सन्तानका पिता साहित्यकार दहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
Add Comment