समाचार

मुस्ताङमा हिमपहिरो

शुनकोशीन्यूज
कात्तिक २८ गते आइतबार

काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।

हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको छ ।

हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।

 

 

 

प्रकाशित मिति: आइतवार, कार्तिक २८, २०७८