समाचार

भूमिहीनको व्यवस्थापन हुन्छ मन्त्री शशी श्रेष्ठ

सुनकाेशीन्यूज

२०७८ कार्तिक ९ गते म‌‌‍गलबार

 

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् ।

गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने कार्य गरिने बताउनु भयो । जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ, भन्भयो । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाले भूमिहीन जनताको छिटो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

प्रकाशित मिति: मङ्लबार, कार्तिक ९, २०७८