मुख्य समाचार समाचार हेडलाईन न्युज

खनाल–नेपाल समूहले आइतबार दिउँसो सामूहिक राजीनामा पत्र बुझाउने तयारी

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आइतवार

काठमाडौं- पार्टीको आन्तरिक एकताको सम्भावना सकिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि यो समूहका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको उनीहरूको भनाई छ ।

सहमतीकोलागि अझै प्रयासरत रहेको र वलीले लचकता नदेखाए खनाल–नेपाल समूहले आइतबार दिउँसो सामूहिक राजीनामा पत्र बुझाउने तयारी गरेका हुन् ।

 

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८