समाचार हेडलाईन न्युज

‘तपाईंले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहनुभएको छ, हामी तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ : कांग्रेस

२०७८ बैशाख २२ गते बुधवार

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले देउवानिवास बुढानीलकण्ठ पुगेर प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाईको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

‘लोकतन्त्रका लागि सँगै लडेका हौँ, मलाई विश्वासको मत दिनुहोस्, सहकार्य गरेर अगाडि जाऔँ,’ भेटमा प्रधानमन्त्री ओलीले भनेको उद्धृत गर्दै कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण  भने, ‘तर, हामीले उहाँको प्रस्तावलाई स्पष्ट अस्वीकार गर्यौ ।

डा. महतका अनुसार प्रधानमन्त्रीलाई ‘तपाईंले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहनुभएको छ । हामी तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ भनेर स्पष्ट भन्यौँ ।’

भेटका लागि प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत बुढानीलकण्ठ पुगेका थिए भने कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८