समाचार हेडलाईन न्युज

अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग गर्न नपाइने

सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार

काठमाडौं – सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग गर्न नपाउने निर्णय गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यसअघि क्वरेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने पनि निर्णय भएको जानकारी दिनुभयो।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७