सुनकोशी न्युज, २०७६ माघ २७
काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित निवासमा रगतले लतपतिएको अवस्थामा फेला परेकी छन् भने कामदार विजय चौधरी मृत फेला परेका छन् ।
कार्कीकी श्रीमती अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले जानकारी दिएपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ ।
कामदार दाङ घर भएका विजय चौधरीको शव फेला परेको छ । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने शव फेला परेको स्थानमाथि डोरी झुण्डिएको पाइएको छ ।
पूर्वसचिव कार्की बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेर घर फर्केपछि घटना बारे जानकारी पाएका थिए । कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी देशबाहिर छन् । १२ वर्षका छोरा बाबुआमासँग बस्छन् । घटनाको समय छोरा स्कूल गएको र उनलाई स्कुल पुर्याउन अर्की कामदार किशोरी गएकी थिइन् ।
पूर्व सचिव कार्की अवकासपूर्व भूकम्प पुननिर्माण प्रधिकरणमा सचिव थिए । त्यसबेला भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल र जस्तापातामा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले उनको घरमै आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो ।
पूर्व सचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत
सम्बन्धित समाचारहरु
ताजा अपडेट
- उपचुनावमा माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएको ओैपचारिक घाेषणा
- राष्ट्रिय सभाका अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच द्विपक्षीय भेटवार्ता
- जेनेभा हिडेकाे अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोलीलाई कतारमा स्वागत
- सिन्धुलीमा माइक्रोबस दुर्घटना, घाइतेको सिन्धुली र धरानमा उपचार हुदै
- केही दिनभित्रै विपि राजमार्ग खुलाइने
- विपि राजमार्गका अधिकांश शहर डुबानमा, उपत्यका जलमग्न, यातायात ठप्प
- प्रधानलाई सम्पदा सम्मान, संस्कृतिविद खत्रीको कृति विमोचन
- चलचित्र “आँखा” अशाेज ११ गतेबाट प्रदर्शन हुने, युट्युबमा ट्रेलर रिलिज
- जनयुद्धबारे किन निरन्तर भ्रम छर्दैछ एमाले ?
- क्याप्टेन जिवितै, १८ कर्मचारीको शव निकालियाे
Add Comment