मुख्य समाचार समाचार हेडलाईन न्युज

संधिय संसद्का दुवै सदन आज बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संधिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची तय गरिएको छ ।संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।यस्तै, राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहाल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने तथा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०८३

 

 

ताजा अपडेट