सुनकोसी न्यूज
वैशाख ३० गते, बिहीबार
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
६३ वर्षीय पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ। काठमाडौंको रक्तकाली स्थायी ठेगाना भएका उनी हाल ललितपुरको मानभवनमा बस्दै आएका थिए।प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
स्मार्ट सेलको सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियासम्बन्धी विवाद सार्वजनिक भएपछि सीआईबीले यस प्रकरणमा अनुसन्धान तीव्र बनाएको छ।











Add Comment