सुनकोसी न्यूज
चैत्र १८ बुधबार
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित हुने भएका छन्। प्रारम्भमा उपाध्यक्ष थापा र सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने संकेत देखिए पनि अन्ततः निर्वाचन प्रक्रिया अघि बढ्न सकेन।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको थियो। निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी दर्ता गरिसकेका थिए भने नेम्वाङले पनि मनोनयनपत्र लिएका थिए।
तर, सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी दर्ता हुन सकेन। यससँगै प्रतिस्पर्धी नहुँदा थापा निर्विरोध रूपमा संसदीय दलको नेतामा निर्वाचित हुने निश्चित भएको हो।
यससँगै एमाले संसदीय दलको नेतृत्व थापाको हातमा जाने भएको छ।

















Add Comment