मुख्य समाचार समाचार हेडलाईन न्युज

प्रतिनिधिसभामा सिट फेरबदलसँगै दलका कार्यालयको नयाँ व्यवस्था

?????????????? ?????? ???? ???? ?????? ?????? ????????, ? ???? ???????? ?????????????? ?????????????? ?????? ???? ????? ???????? ??????? ????????? ? ????? ????? ???? ??? ??? ?? ??? ???? ?????? ? ? ??????? ?????????? ?????÷????

सुनकोसी न्यूज

चैत  ९  गते सोमबार

काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका लागि सिट संख्याका आधारमा संसदीय दलका कार्यालयहरूको नयाँ व्यवस्थापन गरेको छ।

नयाँ संसद भवन निर्माण कार्य अझै सम्पन्न नभएकाले हाल सिंहदरबारस्थित संसद् सचिवालय परिसरभित्रकै संरचनामा दलका कार्यालयहरू व्यवस्थापन गरिएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि दलहरूको सिट संख्यामा आएको परिवर्तनअनुसार कार्यालय व्यवस्थापन पुनः मिलाइएको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) लाई साबिककै संसदीय दलका कार्यालयमा राखिएको छ। यसअघि नेकपाले प्रयोग गर्दै आएको कार्यालय भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ।

त्यसैगरी, पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको छ।

प्रवक्ता गिरीका अनुसार हालको व्यवस्था अस्थायी हो। नयाँ संसद भवन निर्माण सम्पन्न भएपछि सबै संसदीय गतिविधि सोही भवनबाट सञ्चालन गरिनेछ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ भने नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा गराइने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०८२

 

 

ताजा अपडेट